अाज अायाेजना गरीएकाे ‘भ्रष्टचार रजगज अन्तरक्रिया कार्यक्रममा’ डा. गाेविन्द केसीले नेपालमा लाेकतन्त्र नभएर लुट तन्त्र भएकाे खुलासा गरे । उनकाे अनुसार नेपालमा मेडिकल शिक्षा प्रणालि, न्याय प्रणाली र अरू संस्थागत क्षेत्रहरूमा राजनैतिक दलका कार्यकर्ताहरू छिरेर पदकाे नाममा कमार्इ गरिरहेका छन् र देश र जन्तालार्इ लुटिरहेका छन् । देशका क्षमतावान, पेशाजनक, सीपमुलक मानव शक्तिकाे साटाे माफिया उन्मुख राजनिति र दलालगिरीले ठाउँ लिएकाे छ ।

“हरेक कुरा राजनितिक दलहरूले व्यवसाय र व्यापार बनाएर सबैलार्इ सम्मान शिक्षाकाे पहुँच नदिएकाे केसीले गुनासाे गरे । इन्सटिच्युट अफ मेडिसन त्रिभुवन विश्व विद्यालयले नियन्त्रण गर्छ जनु हाल कमसल र सस्ताे राजनैतिक कार्यकर्ता र दलालहरू जन्माउने काम गर्छ । विगतमा याे संस्थाले  शिक्षा र सेवामा ध्यान दिएकाे थियाे ,” केसीले भने ।

उनले गुणस्तरिय, सस्ताे र सुलभ शिक्षा वितरणकाे लागी मृत्युसम्म उपवास बस्ने घाेषणा पनि गरे । उच्च तहका विद्यार्थीहरूलेमात्र मेडिकल शिक्षण प्राप्त हुने पहुँचकाे उनले खुला विराेध गरे ।

माफिया र नेतामुखि एेनले संसदहरूमा पनि नैतिकता र इमान्दारीताकाे कमी भएकाे उनले जानकारी गराए । अरबबाट खरबसम्म नितिगत भ्रष्टचारकाे विरूध्दमा उनले २० गते देखि मृत्यसम्म् उपवास बस्ताे प्रण गरे अनि भ्रष्टचारकाे विरूध्द लड्न् वाचा समेत गरे ।

साे अन्तरक्रिया कार्यक्रममा, कनकमनी दीक्षीत, हरि बहादुर थापा र वात्स्यायनकाे उपस्थित रही वक्तव्यहरू प्रस्तुत भएकाे थियाे ।

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment