थाेमस बाेगटी

गत रात भएकाे कतारकाे डाेहामा अायाेजना गरिएकाे फाइनल नेपाल अाइडल २०७४ काे विजयता पाखरा नयाँबजारकाे बुध्द लामा हुन सफल हुन पाएका छन् । यस पहिलाे रनर अप निसान्त भट्टराइ   भए भनी सेकेन्ड रनर अप चाहि प्रताप दास हुन पुगेकाे छन् । प्रख्यात हाँस्य कलाकार जाेडी मदन कृष्ण र हरिवंशले बुध्द लामालार्इ बिजेता घाेषणा गरेका थिए । प्रताप दासले १० लाख नगद पुरस्कार पाए भने निसान्त भट्टरार्इले १५ लाख नगद पुरस्कार पाउन सफल भएका छन् ।

बुध्दलामाले २० लाख नगद पुरस्कार पाएका थिए । उनले मेहन्द्र गाडी पनि पाए । सन्जय बस्नेतले उनलार्इ महेन्द्र KUV 1 OO गाडीकाे  चाबी दिइएकाे थियाे । यस सँगसँगै उनले १५ लाखकाे एलबम कन्ट्रायक्ट पनि जितेका छन् ।

“First of all सबैजनालार्इ very very thank you very much, हजुरहरूले त्यति धेरै माया गर्नुभयाे, तपाइले मलाइ पहिलाे नेपाली अाइडल बनाउनुभयाे। सबै नेपालीलाइ धन्यवाद” बुध्दले भावक हुँदै भने । उनले अाफ्नाे मामा र संगित प्रशिक्षकलार्इ बिशेष धन्यवाद दिएका थिए ।

साे कार्यक्रममा OPPO Camera Phone ले फाेटाे र भिडियाेहरू खिच्न लगार्इएकाे थियाे । याे सम्पुर्ण कार्यक्रम  AP1 Channel लार्इ OPPO Camera Phone ले प्रायाेजन गरेकाे हुनाले प्राय भिडियाे र फाेटाेहरू यहि फाेनबाट खिचेर भटाभट समाजिक सञ्जालमा हालिँदै छ भने उता च्यानलबाट चाहिँ याे प्रसारण हुननसकेकाेमा धेरै दर्शकहरूलार्इ गुनासाे भएकाे छ । किनभने दर्शकले अाफ्ना मन पर्ने पहिलाे नेपाली अाइडल बुध्द लामाले जितेकाे पहिलाे निमेसमानै हेर्न पाएनन् ।

Facebook मा भएकाे केहि पहिला प्रतिक्रया अाउन थालिसकेकाे छन् भने केहि अनलार्इनहरूमा याे खुसिकाे समाचार लेखिसकिएकाे छ । मानिसहरू, नेपालीहरू, फ्यानहरूले धमाधाम बधार्इ दिँदैछन् बुध्दलार्इ । YouTube मा पनि Cine Chautari Nepal च्यानलमा पहिलाे हालीएकाे भिडिय धामाधम भार्इरल हुँदैछ ।

बुध्दले कति भाेटले निसान्त र प्रतापलार्इ उछिने ?

श्राेतहरूकाे अनुसार उत्कृष्ठ तीन नेपाल अार्इडलका प्रतियाेगीहरूलार्इ नाै कराेड एक्तिस लाख त्रियासि हजार तीन सया पैँतिस भाेट अाएकाे थियाे जसम मध्ये चार कराेड अठचालिस लाख पैँतालिस हजार दुइ सय त्रिसट्ठी भाेट प्राप्त गरी बुध्दले निसान्त र प्रतापलार्इ उछेनेकाे थिए । त्यस्तै गरी उर्लाबारी झापाकाे निसान्तले तीन कराेड पचास लाख छयालिस हजार दुइ सय तेइस मत प्राप्त गरी दाेश्राे स्थान अाेगटना सफल भए । उता ललितपुरकाे प्रताप दासले एक कराेड बत्तिस लाख एक्काउन हजार अाठ सय उनन्पचास भाेट प्राप्त गरी तेश्राे हुन सफल भए ।

 

 

 

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment