जापानीहरूले अचेल उत्तर काेरियाकाे न्युक्लियर अाक्रमणबाट बँच्न र त्यसलार्इ सामना गर्न भरमग्दुर तयारी गरेकाे खुलासा हुन अाएकाे छ । विद्यालयहरूकाे खेल्ने चउरमा लगातार सावधानकाे साइरनकाे घण्टीहरू अचेल स्पिकरहरूमा बजिरहेकाे सुनिन्छ जसले गर्दा डर छाएकाे छ किनभने घण्टी बज्दा “मिसाइल बम्ब छाेडियाे, मिसाइल बम्ब छाेडियाे” भनेर उद्घाेषण गरिन्छ । दुर्इ दर्जन भन्दा बढी पुरूष र स्त्री, नानीहरू चर्काे घाममा टाेपी र ताैलियासाथ बाहिर दाैडेर लस्करै पलेटी कसेर बस्छन् र घाेप्टाे परेर अाफ्नाे टाउकाे हातले छेक्छन् ।

जापानमा न्युक्लियर बम्ब विरूध्द सुरक्षाकाे अभ्यास

मिसार्इल बम्बलार्इ सामना गर्ने कसरत

उनीहरू यसाे गर्छन किनभने जापानमा न्यक्लिर बम्बबाट बँच्नकाे लागी राम्राे वासस्थान र बलियाे भवनकाे संरचनाहरू छैन । उनीहरूले गर्न सक्ने यति मात्र हाे । वास्तवमा याे मिसार्इल बम्बकाे सामना गर्ने कसरत हाे जुन जापानकाे साकुरा सिटी सहरकाे स्थानिय कामीमबत्सुयामा निम्न माध्यामिक विद्यालयमा अायाेजना गरिँदैछ । जापानकाे सरकार अनुसार उभिनुभन्दा  झुकेर बस्दा बढी सुरक्षित हुन सकिन्छ ।

उत्तर काेरियाले करिब २२ बालिस्टिक अस्त्र बम्ब जापानकाे टाेक्याे तिर ताकेकाे छ जसकाे लक्ष्य भने अमेरिका, दक्षीण काेरिया र जापानलार्इ अाक्रमण गर्नु हाे ।

यस्ताे उत्तर काेरियाकाे अस्त्र अाक्रमणकाे डरले गर्दा त्यसकाे सामना गर्दा साकुरा सहरमा मानिसहरू धुँवाले भरिएकाे पालमा घस्रिन र बामे सर्न अभ्यास गर्दैछन् जुन प्राय भुकम्पबाट बँच्नकाे लागी पनि अभ्यास गरिन्छ । यस्ताे अभ्यासकाे क्रममा भर्याङहरू नास गरिन्छ, डाेरीले तल झर्न सिकाइन्छ र याे सबै कुरा तीन तले सेताे नक्कली भवनमा अभ्यास गराइन्छ । संयम सेवकहरूले बङगुर र सागसब्जीकाे जराले भरीएकाे मिसाे सुपकाे कच्चाैरा पनि खानकाे लागी दिन्छन् ।उत्तर काेरियाकाे अाक्रामकतालार्इ कसरी प्रतिक्रया गर्ने भनेर जापानलार्इ अहिलेसम्म पनि थाहा नभएकाे स्वीकार गरेकाे छ ।

smart phone alert against missile attacks

टिभी, फाेन तथा समाजिक सञ्जालमा सुरक्षा वा अाक्रमणकाे थप जानकारीहरू हेर्न तयार रहिरहन्छन् । 

सेप्टेम्बर १५ र अगस्ट २९ मा उत्तर काेरियाकाे अस्त्र प्यासिफिक महासागरमा डुब्नुभन्दा पहिला जापानकाे उत्तर टापू हाेक्काइडाेमाथि उडेकाे थियाे । दुबै अस्त्रले साकुराकाे धान राप्ने ४४,००० सामुदायिक मानिसहरूलार्इ थर्काउने साइरनकाे अावाज निकालेकाे थियाे । तत्कालै स्मार्ट फाेनकाे सावधानीकाे अावाज निकाल्न थाल्याे र टेलिभिजन स्टेसनले कालाे रङ्गमा मिसार्इल अाक्रमणकाे जानकारी दिएर सचेत गरायाे । यी सबै प्रविधिबाट सम्पुर्ण सुरक्षाकाे जानकारी नपाउन्जेल सबै जापानीहरू डरले कामीरहेकाे थिए भने कसैले हिराेसिमामा भएकाे न्युक्लिएर अाक्रमणकाे पनि कल्पना गरे ।उनीहरू लगातार यस्ताे खत्रा र धम्कीले गर्दा जापानकाे सरकारलार्इ सार्वजानिक सुरक्षा तयारीकाे लागी उत्साह गरेकाे छ । स्कुल र शैक्षिक संस्थाहरूमा सुरक्षा कसरतसँगै मिसाइल सामनाकाे कसरत गराउने अादेश गरिएकाे छ ।

अर्के वर्षसम्ममा जापानकाे Fishery Agency ले माछा पक्रिने सामग्रीहरूकाे लागी पनि सावधान प्रणाली उत्पादन गर्ने याेजना गरेकाे छ जुन मिसार्इलकाे डुबानबाट बिग्रने खात्रा हुन्छन् ।

US THAAD anti nuclear batteries

मिसाइल प्रतिराेधी ब्याट्रिहरू र तालिमहरू

जापानले यसबाेहेक न्युक्लिर मिसाइल पनि बनाउने प्रतिबध्दता गरेकाे छ । त्यस्तै गरी मिसार्इलहरूलार्इ तमाम गर्ने तालिम पनि जापानले दक्षिण काेरिया, अमेरीका मिली अघि सर्दैछ । U.S. THAAD लार्इ समर्थन गर्ने Aegis Ashore मिसाइल प्रतिराेधी ब्याट्रिहरू पनि बनाउने सुरमा जापान लागिरहेकाे छ ।

संयुक्त अन्तराष्ट्रियकाे नियमहरूले उत्तर काेरियासँग सम्झाैता गर्न खाेजिएता पनि सफलता हुन सकेकाे छैन किनभने रसियाकाे राष्ट्रपति भ्लाडमिर पुटिन अनुसार उत्तर काेरिया अाफूलार्इ सुरक्षाकाे लागी न्युक्लिएरमा मात्र मराेसा गरिराखेकाे छ ।

फलामकाे शरणस्थान र घर मुनिकाे न्युक्लियर प्रतिराेधी तहखाना

मिसाइल अाक्रमबाट बाँच्ने केही धनाढय परिवारहरूले करिब $११,००० पर्ने फलामका शरणस्थान वा घरजात्राे बाकस तयार पारिरहेका छन् । यसमा एउटा टिभि, एर कन्डिसनर एकार्इ, सार्न मिल्ने टवाइलेट, विशेष किसिमले प्याक गरिएकाे कुखुराकाे मासु र केकहरू हुनेछन । निमाणकर्ताहरूकाे अनुसार यसले १५ टन बिनासकारी दबाबलार्इ राेक्न सक्छ ।

Anti Nuclear Shelters in Japan

अस्त्र निवासहरू दक्षिण जापानकाे काेबीमा स्थानिय अाेरिब सिकाे कम्पनिलृ बनाउँदैछ । स्थानियहरूले अाफ्नाे घरमुनि २० सेन्टी मिटर बाक्लाे ढाेकाे भएकाे न्युक्लियर तहखाना तयार गरेकाे छ जहाँ हावा अावात जावातकाे प्रणालीकाे साथै छ वटा अाेछयान र हप्ता भरीकाे प्रावधानहरू तयार छ ।

 

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment