मध्यम वर्ग कुनै पनि मुलुकको सर्वाधिक अवसरवादी समूह हो । आफूभित्रको उग्र महत्वाकांक्षाका कारण त्यो जन्मदेखि मरणसम्म ‘जता मल्खु उता ढल्कू’ को परिचय बोकेर उभिइरहेको हुन्छ । यसैकारण मध्यम वर्ग वा मध्यम वर्गीय बुद्धिजीवीहरू निष्ठा शून्य हुन्छन् ।

अहिलेका सबै पार्टीको नेतृत्वमा मध्यवर्गीय बुद्धिजीवीको नेतृत्व स्थापित छ । उहिले माले कालमा हुँदा हामी समय समयमा आफ्नो वर्ग विश्लेषण गथ्र्यौं । १३र१४ जनाको त्यो केन्द्रीय कमिटीमा अधिकांशको वर्ग स्रोत हुन्थ्यो निम्नपुँजीवादी वर्ग । वर्ग विश्लेषण गरिसकेपछि हामी ‘डी क्लास’ हुनुपर्ने आत्म समीक्षा पनि गथ्र्यौं । ‘डी क्लास’ भनेको सर्वहाराकरण भनेर बुझ्दा हुन्छ । हामी देशको पनि वर्ग विश्लेषण गथ्र्यौं । नेपालमा दलाल तथा नोकरशाही पुँजीपति वर्ग बलियो रहेको तर राष्ट्रिय पुँजीपति वर्ग पनि आफ्नो अस्तित्व बचाएर उभिरहेको पाउँथ्यौँ हामी । कुनै पनि मान्छेलाई पार्टीमा लिँदा, पार्टी सदस्यता दिँदा हेरिने भनेको उसको वर्ग नै हुन्थ्यो । जमिन्दार वर्गबाट आएका साथीहरूले अनिवार्य रूपमा पूर्णकालीन हुनुपथ्र्यो । अरुका लागि भने यो स्वेच्छिक नै थियो । मध्यमवर्गको साथीले पनि कठोर परिश्रम गरेर मात्र पार्टी सदस्यता पाउँथ्यो ।

अहिले त्यो कडाइँ सम्भव छैन र आवश्यक पनि छैन । हो, नीति निर्धारण गर्ने तहमा पुगेको व्यक्तिले यो कडाइँ पालन गर्नुपर्छ तर हिजो बेलुकासम्मको राप्रपा अथवा राजपाको नेता वा कार्यकर्ता भैरहेको मानिस, भोलिपल्ट बिहान एमाले हुने यथार्थले पार्टीलाई, लुलो, सिद्धान्तहीन र बेकामे बनाउँछ । पार्टी प्रवेश गरिरहँदा नयाँ कामरेडले कम्तीमा पनि राप्रपा र राजपाले ठूला जमिन्दारको स्वार्थ रक्षा गर्छन्, दलाल तथा नोकरशाही पुँजीपति वर्गको हित रक्षा गर्छन् र नेकपा एमालेले श्रमजीवी वर्ग र राष्ट्रिय पुँजीपति वर्गको हित गर्छ भन्नेसम्मको सामान्य ज्ञान त बुझ्नु पर्छ नि । नवप्रवेशी कमरेडहरूका लागि माक्र्सवादको सामान्य ज्ञान दिने कक्षा सञ्चालन गर्ने पाठ्यक्रम त तयार गर्नु पर्छ नि १ मैले आपूmले भोगेको कडाइँको कुरा गरेको होइन । कम्तीमा पनि एमालेमा आउन चाहने जो कोहीले पनि राजनीति भनेको शोषक र शोषित, धनी र गरीब, सत्ताधारी र जनताबीचको सङ्घर्षको मियो हो भन्ने सच्चाइ त बुझ्नु पर्छ ।

नेपालको सबैभन्दा ‘पुरानो, पाको, राजनीतिक परिवर्तनको नेता’ भनी आफैँ दाबी गर्ने नेपाली काङ्ग्रेसले कहिल्यै राजनीतिक परिवर्तनको नेतृत्व गरेन । ००७ सालको बारेमा पहिले आफैँमा ज्ञान थिएन । काङ्ग्रेस र राजा त्रिभुवनलाई प्रजातन्त्र ल्याउने महारथी मानिएकै थियो । तर स्वयं बी.पी कोइराला र मातृकाप्रसाद कोइरालाका संस्मरणहरू, रामप्रसाद राई र के.आइ. सिंहका जीवनी पढेपछि थाहा भयो, ००७ सालको ‘परिवर्तनकारी’ भनिएको क्रान्तिलाई गर्भमै तुहाइएको थियो– भारतीय प्रधानमन्त्री पंडित जवाहरलाल नेहरू, नेपालका राजा त्रिभुवनवीरविक्रम शाहदेव र नेपालका प्रधानमन्त्री महाराज मोहनशमशेर जबराबाट । विचरो नेपाली काङ्ग्रेसले सदर साक्षी किनारामा पनि सही गर्न पाएनछ ।

आज सम्पूर्ण सच्चाई सार्वजनिक भैसक्दा पनि काङ्ग्रेका नेताहरू फुरुफुरु गरिहेका छन् –००७ सालको क्रान्तिका नेता हामी मात्रै हौं भन्दै । दस्तावेजहरूले भन्छन्, ००७ सालका मुक्ति सेनालाई दबाइयो, थुनियो, कतिपय ठाउँमा मारियो पनि । तिनै दस्तावेजले कथित परिवर्तनको श्रेय राजा त्रिभुवन, प्रधानमन्त्री मोहन शमशेर अनि नेपालका लागि भारतीय राजदूत सर सि।पि।एन। सिंहलाई दियो । बलिदानी मुक्ति सैनिक र तिनका क्रान्तिकारी नायकहरू त कता हराए हराए ।
००७ सालमा नेपालको मध्यम वर्ग जन्मिसकेको थियो र आमूल परिवर्तनमा पुग्न लागेको क्रान्तिलाई त्यही वर्गले धोका दिएको थियो । प्रजातान्त्रिक समाजवादको अध्ययन गरेका बी।पी। कोइरालाले त्यो धोकालाई चिनेका थिए तर त्यसको प्रतिवाद गर्न सकेका थिएनन् । त्यसैले त्यसको सक्कली रूप सार्वजनिक गर्न राजा महेन्द्रको धोकासम्म तिनले पनि पर्खिनु परेको थियो । उनका नजिक मानिएका मध्यम वर्गीय बुद्धिजीवी सांसद भएका अथवा नभएका स्वाट्टै बी.पी. कोइरालालाई धोका दिएर पञ्चायतका महारथी बने । तर गाउँ घरमा हामीले चिनेका साना मसिना काङ्ग्रेसहरू जीवनको सङ्कट हुँदा पनि चार तारे झण्डाको विश्वासमा बाँचिरहे ।

नेपालमा सबैभन्दा गाह्रो भएको छ नेकपा एमालेलाई । माले कालको १५ वर्षे जीवनमा यसले व्यक्तिलाई कम्युनिस्ट बनाउन अतिशय कष्ट ग¥यो । त्यसको शिक्षामा हुर्किएकाहरूलाई अहिले निष्ठा जोगाउन महाभारत परेको छ । माले कालमा हाम्रो ठूलो पङ्क्ति मध्यम किसान वा शहरिया निम्नपुँजीवादी वर्गको समूहभित्र पथ्र्यो र मजदुर किसान एकतामा विश्वास गथ्र्यो । उग्रवामपन्थको जबरजस्त प्रभाव भए पनि त्यसको निष्ठा गाउँका गरिबहरू, शहरका श्रमिकहरू, निम्न माध्यमिक विद्यालयसम्मका शिक्षकहरूमा थियो । तिनीहरू नै हाम्रो राजनीतिक कामका आधार थिए । उच्च माध्यमिक विद्यालयका शिक्षक, कलेजका शिक्षक हामीसित नभएका होइनन् तर त्यसको सङ्ख्या साह्रै सानो थियो । र त्यो सानो सङ्ख्यालाई पनि हामी ‘डिक्लास’ गर्ने शिक्षा दिई रहन्थ्यौँ ।

आज त्यो निष्ठा र अनुशासन नेकपा एमालेमा पनि छैन । पुराना पात झर्दै जान्छन्, नयाँ पातहरू पलाउँदै जान्छन् भन्ने मान्यता अब नेकपा एमालेमा छैन । पुरानाहरूलाई पन्छाउँदै जानुपर्छ र नयाँलाई स्थान बनाई दिनुपर्छ भन्ने नयाँ परम्परा नेकपा एमालेमा पनि बलियो भैसकेको छ । निष्ठा व्यापार भएको छ, आदर्श झिल्के भएको छ । त्यसैले नेकपा एमालेमा पनि आउने जाने क्रम बढेको छ । एमालेका पूर्व केन्द्रीय नेताहरूले नै जमिन्दार वर्गको हित गर्ने पार्टी बनाएका छन् । माक्र्सवाद सम्पूर्णतामै तिरस्कार गरेको, जातको राजनीति आरम्भ गरेका छन् । यी दुवै प्रवृत्ति कालान्तरमा पराजित हुनेछन् । तर पार्टीभित्रको निष्ठा र आदर्श त्यतिन्जेलसम्म बाँचिरहन्छ कि रहँदैन भन्ने प्रश्न यतिबेला उत्तिकै बलियो बनेको छ ।

यस्तो कठोर राजनीतिक शिक्षा अरु कुन पार्टीले दिए होलान् । पुष्पलालले किसानबीच जाने अभियान चलाउनु भएको थियो । पुष्पलाल समूहको शक्ति पनि त्यही थियो तर त्यहाँ निरन्तर राजनीतिक कामको अभाव देखियो । त्यसपछि एक्कासि ठूलो शक्तिका रूपमा देखापरेको नेकपा माओवादीले बन्दुक चलाउन सिकाउने बाहेक अर्को कुनै राजनीतिक काम गरेको देखिएन । त्यसले आफ्ना गुरिल्लालाई ‘अनुशासनका तीन नियम र पालन गर्नु पर्ने आठ काम’ पनि सिकाएको रहेनछ । उग्रवापन्थमा वर्ग पक्षधरता सबैभन्दा बलियो हुन्छ । तर नेकपा माओवादीका नेताहरूले आफ्ना गुरिल्लाहरूलाई यति सामान्य ज्ञान पनि सिकाएनछन् ।

यी सबै पार्टीको नेतृत्वमा वर्गीय अलिकति पनि भिन्नता छैन । नेपालीे काङ्ग्रेस ‘समाजवादको तिरस्कार र उदारीकरणको स्वीकार’ त्यसको राजनीतिक कार्यक्रम भैसकेपछि त्यो कुनै हालमा पनि जनपक्षीय हुन सक्दैन । त्यसको अभीष्ट विश्वबैंक प्रदत्त आर्थिक कार्यक्रम हो– जो सधैँ श्रमजीवी जनताको विपक्षमा हुन्छ । नेकपा एमालेको स्खलन पनि अपेक्षित तिव्रतामा छ । जनताको बहुदलीय जनवाद यतिबेला खोपीको देउता भएको छ । काममा कतै पनि जनताको बहुदलीय जनवाद देखिँदैन । ‘क्रान्तिपूर्व पनि सरकारमा जाने र प्रगतिशील सुधारका काम गर्ने’ जबजको मान्यतालाई आजको एमालेले यसरी अनुवाद गरेको छ, ‘जसरी पनि सरकारमा जाने सके राम्रा, नसके नराम्रा काम गर्ने’ । जनताले आशा गरेको नेकपा माओवादी केन्द्र कहिल्यै माक्र्सवादी रहेन । समाजवादी रहेन । सारमा त्यो माओवादी पनि रहेन । त्यो चरम अवसरवादी पार्टीको रूपमा नेपालको इतिहासमा अङ्कित हुने भयो । साथीलाई शत्रु र शत्रुलाई साथी देख्ने त्यसको दृष्टिदोष, राजनीतिलाई हत्या हिंसाको खेल बनाउने, आफ्नो नाफाको लागि जोसँग पनि सिद्धान्तहीन गठबन्धन गर्ने हुनाले अहिले त्यो नेपाली मध्यम वर्गको सबैभन्दा ठूलो पार्टी भएको छ । हार्न लागे टुक्रिने, जित्ने सम्भावना देखिए जुट्ने– यो नै अहिलेको माओवादी केन्द्रको परिचय हो ।

जसले जे भने पनि साठी नाघेका नेताहरू सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नेतृत्व गर्न सक्दैनन् । तिनीहरू सबै मध्यम वर्गका प्रतिनिधि भएका छन् । देशको भलो चाहने हो भने तिनले तुरुन्तै पदत्याग गरेर आफँले हुर्काएका युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ । गोरखापत्रबाट साभार ।

About the Author

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment